नआत्तिऔं, तर सतर्क भएर बसौ– मन्त्री ढकाल

  Sampatti News

March 19, 2020

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट जोगिनका लागि सरकार जिम्मेवार ढंगले लागेको उल्लेख गर्दै नआत्तिन सबै जनमानसलाई आग्रह गरेका छन् । ‘आत्तिनु पर्दैन । तर सावधानी भने अपनाउनुपर्छ’, प्रेस काउन्सिल नेपालको आयोजनामा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा बिहीबार कोरोना भाइरसको संभावित संक्रमणका बारेमा सचेतनामुलक कार्यक्रममा मन्त्री ढकालले भने–‘सरकार सुतेको छैन । जनताको सुरक्षाका लागी गर्नुपर्ने सबै तयारी गरेका छौ। सबै शक्ति लगाएर सावधानीका साथ बसेका छौ।’ राज्य मन्त्री नवराज रावतले सञ्चारकर्मीले संयमतापूर्वक सूचना सम्प्रेषण गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा बिकास देबकोटा, केन्द्रिय प्रयोगशाला प्रमुख डा रुना झाले कोरोना सावधानीका लागि सरकारले ठूलो तयारी गरेको बताएका थिए । कार्यक्रममा प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले संचारकर्मिहरुले यतिबेला चौथो अंगको भुमिका संबेदनसिल भएर खेल्नुपर्ने बताए । न्युनतम पारिश्रमिक निधारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, पत्रकार महासङका उपाध्यक्ष बिपुल पोख्रेल समेतले आ( आफ्नो धारणा राखेका थिए । कार्यक्रममा प्रेस काउन्सिका सदस्य एवं पत्रकार महासंघका सदस्य गोविन्दप्रसाद चौलागाईले संक्रमणका बेला आम जनतामा सचेतामुलक सन्देश पुर्याउने सन्चारकर्मिहरुलाइ कोरोना भाइरस संक्रमणको सम्भाबित जोखिम सङ बचेर रिपोर्टिङ गर्न आग्रह गरे ।

काउन्सिलका तर्फबाट उक्त कार्यक्रमको संयोजन समेत गरेका चौलागाईले सबैजना हातेमालो गर्दै आइपर्ने चुनौतीलाई सकारात्मक सोचका साथ लागे मात्र सुरक्षित रहन सक्छौ भन्ने मन्तव्य राखेका थिए ।

प्रकाशित मिति:March 19, 2020