महानगरी यप्रहरी बृत्त गौशालाको नवनिर्मित भवनको उद्घाटन

  Sampatti News

November 21, 2018

काठमाडौ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले महानगरीय प्रहरी बृत्त गौशलाको नवनिर्मित भवनको आज उद्धघाट्न गरेका छन् । आईतबार आयोजित एक समारोहबीच उक्त भवनको उद्घाटन उनले गरेका हुन् । साथै उनले भवन निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरूलाई प्रशंसापत्र तथा कदरपत्र समेत प्रदान गरे ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक भण्डारीले महानगरीय प्रहरीको कार्यनीति नै जनतासँग सम्बन्ध सुधार गरी समाजमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने रहेको अवस्थामा प्रहरी भवन निर्माणको लागि नागरिकहरूले देखाएको तत्परताले महत्वपूर्ण भूमिका खेलेको बताए ।
शान्ति सुरक्षा, अपराध रोकथाम नियन्त्रण र अनुसन्धानको जिम्मा नेपाल प्रहरीको भएतापनि अपराध समाजकै व्यक्तिले गर्ने, त्यसको असर समाजलाई नै पर्ने र अपराधी समाजमै लुकेर बस्ने हुनाले समाजको सहयोग र सहकार्य विनाशान्ति सुव्यवस्था कायम गर्न नसकिने कुरा औल्याउँदै नागरिकको सहयोग नै महत्वपूर्ण हुने बताए । उनले भने,‘समाजको सहयोगमा यो भवन निर्माण भएपछि यसले प्रहरी र जनतावीचको सम्बन्धलाई थप मजबुद बनाएको छ ।’
भवनले दिएको सुबिधाको उपयोगले मात्र शान्ति सुरक्षा कायम गर्न नसकिने भन्दै जनताले प्रहरीबाट गरेको अपेक्षा पुरा गर्ने कार्यमा अलिकता पनि पछि नहटि कार्य सम्पादन गर्न मातहत कर्मचारीहरूलाई निर्देशन समेत दिए ।
कार्यक्रममा भवननिर्माण समितिका अध्यक्ष रघुनाथ पुरीले जनताको सेवा र शान्ति सुरक्षामा खटिने प्रहरीको निम्ति भवन निर्माण गरि सहयोग गर्न पाउनु खुशीको कुरा भएको बताए ।
उनका अनुसार उक्त भवन ६ महिनाको अथक प्रयासबाट वृत्तका प्रहरी प्रमुख नवराज कार्की र आफूहरुको अथक प्रयासबाट निर्माण हुन सफल भएको हो ।
विभिन्न स्थानीय व्यक्ति तथा समाजसेवीहरूको सहयोगमा कुल २२ लाख ७ हजार २ सय ६२ रुपैयाँको लागतमानिर्माण कार्य सम्पन्नभएको उनले जानकारी दिए ।
उक्तकार्यक्रममा सो वृत्तकाप्रमुखसमेत रहेका डिएसपी कार्कीले भवननिर्माणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामीदिनमाप्रहरीले जनतामा पुर्याउने थप सेवा सुविधाउल्लेखनीय सहजहुने विश्वास दिलाए ।

प्रकाशित मिति:November 21, 2018