प्रदेशसभामा निर्वाचित सांसदहरुको शपथग्रहण हुदै

  Sampatti News

November 21, 2018

प्रदेशसभाको निर्वाचनमा निर्वाचित भएका ५५० सांसदहरुले आज आआफ्नो प्रदेशबाट शपथग्रहण लिदै छन् ।सातवटै प्रदेशसभाका प्रमुखहरुले आआफ्नो प्रदेशका निर्वाचित सांसदहरुलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रदेश नम्बर १ मा प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले प्रदेशसभामा निर्वाचित सांसदहरुलाई शपथग्रहण गराउने छन् । प्रदेश नम्बर १ को शपथग्रहण कार्यक्रम विराटनगरस्थित वीरेन्द्र सभागृहमा हुदै छ ।

प्रदेश नम्बर २ मा भने प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले  प्रदेशसभामा निर्वाचित प्रदेश नम्बर २ का सांसदहरुलाई शपथग्रहण गराउने छन् । प्रदेश नम्बर २ को शपथग्रहण कार्यक्रम जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा हुदै छ ।

त्यस्तै प्रदेश नम्बर ३ मा प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभामा निर्वाचित प्रदेश नम्बर ३ का सांसदहरुलाई हेटौंडास्थित प्रदेश सचिवालयमा सपथ गराउने भएकी छन् ।

प्रदेश नम्बर ४ मा प्रदेश प्रमुख बाबुराम कुँवरले  आज प्रदेशसभामा निर्वाचित प्रदेश नम्बर ४ का  सांसदहरुलाई शपथ गराउने भएका छन्। प्रदेश नम्बर ४ को शपथ ग्रहण कार्यक्रम पोखरास्थित क्षेत्रीय प्रशासन कार्यालय सभा हलमा हुदै छ ।

त्यस्तै प्रदेश नम्बर ५ मा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभामा निर्वाचित प्रदेश नम्बर ५ का  सांसदहरुलाई शपथ गराउने भएका छन्। प्रदेश नम्बर ५ को शपथ ग्रहण कार्यक्रम बुटवल स्थित उद्योग वाणिज्य संघको सभाहलमा हुदै छ ।

प्रदेश नम्बर ६ मा प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभामा निर्वाचित प्रदेश नम्बर ६ का  सांसदहरुलाई शपथ गराउने भएका छन्। प्रदेश नम्बर ६ को शपथ ग्रहण कार्यक्रम जिल्ला समन्वय समिति सुर्खेतको हलमा  हुदै छ ।

त्यस्तै प्रदेश ७ मा प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशसभामा निर्वाचित प्रदेश नम्बर ७ का  सांसदहरुलाई शपथ गराउने भएका छन्। प्रदेश नम्बर ७ को शपथ ग्रहण कार्यक्रम  धनगढीस्थित जिल्ला समन्वय समितिको हलमा आयोजना हुदै छ ।

शपथग्रहणको क्रममा संवैधानिक व्यवस्थाअनुरूप सातवटै प्रदेशसभाका प्रमुखहरुले आआफ्नो प्रदेशका निर्वाचित सांसदहरुमध्ये ज्येष्ठ सदस्यलाई शपथ गराउनेछन् । र अन्य सांसदहरूले ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् ।

प्रकाशित मिति:November 21, 2018