प्रधानमन्त्रीले मागे माफि

  Sampatti News

September 14, 2020

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड १९० नियन्त्रण गर्न केही देशमा लकडाउन जारी छ। कोरोना नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को निर्देशिकाअनुसार देशहरुले लकडाउन गरेको थियो।

यसैबीच सिंगापुरका प्रधानमन्त्री ली सियन लुङ्नले लकडाउनबाट पर्न गएको असरबारे माफी मागेका छन्। उनले भनेका छन्, ‘महामारीको सामना गर्न सरकारले गरेको गल्तीका लागि माफी चाहन्छु।’

उनले यो गल्ती विदेशी कामदारको सम्बन्धमा मागेका हुन्। त्यसबेला सिंगापुरले लकडाउन गरी विदेशी एउटै कोठामा २० जना विदेशी कामदार राखेको थियो।

प्रधानमन्त्रीले सरकारले छिटो र आक्रामक कदम चालेर कोरोनाको सामना गर्नु पर्ने बताएका छन्। सिंगापुरमा कोरोनाबाट ५६ हजार ९ सय १ जना संक्रमित भएका छन् भने २७ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति:September 14, 2020