ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  Sampatti News Online

April 26, 2024


डोटी । ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएका छन् ।
डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा कैलालीबाट डडेल्धुरा जाँदै गरेका जानकी गाउँपालिका कटासेका ३६ वर्षीय रमेश विकको मृत्यु भएको भएको भने उनकी श्रीमती लक्ष्मी विक घाइते भएकी छिन् ।
बुधवार बिहान भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराबाटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने खालि ट्याङ्करले सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका दुवै श्रीमान–श्रमतीलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याइएकोमा उपचारमा क्रममा रमेशको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा घाइते लक्ष्मीको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ ।

प्रकाशित मिति:April 26, 2024