वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस

  Sampatti News

September 15, 2020

काठमाडौँ । सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
तत्कालीन अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली रहेको छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले रित्त रहेको राष्ट्रियसभा सदस्य पदमा गौतमलाई नियुक्त गर्नेछिन् ।

नेकपा सचिवालयको पछिल्लो बैठकमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निष्कर्ष सुनाएका थिए । तर त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकले निर्णय नगरेपछि शीर्ष नेताहरुले चासो देखाएका थिए ।

प्रकाशित मिति:September 15, 2020