के तपाईको ओठ कालो भएकै कारण तपाईको बिएफ किस गर्न मान्दैनन्? भान्साकै सामानबाट यसरी बनाउनुस् सेक्सी ओठ

  Sampatti News

March 9, 2021

काठमाडौँ । कहिले काहिँ विविधकारणले गर्दा ओठ अस्वभाविक काला देखिने गर्छन् । यस्ता समस्याहरु कतिपय लिपिस्टीक तथा लिपगार्डले पनि निम्ताउने गर्छ । अझ चुरोट, बिँडी जस्ता पदार्थहरु सेवन गर्नेहरुका ओठ त अझ बढी नै काला देखिने गर्छन् । फेरी यता यस्तो सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छ । यसको लतले शरीरमा विभिन्न अंगमा गम्भीर असर पनि पुर्याउँछ । धुम्रपानको लतले ओठ तथा दाँतहरुको रंग पनि परिवर्तन गराउँछ ।
यद्यपी अब घरमै यसरी पाउनुस् छुटकारा

चुकन्दर
चुकन्दर खाँदा शरीरमा रगतको मात्रा बढ्छ । यसले छालालाई पनि चम्किलो बनाउँछ । साथै, ओठलाई पनि गुलाबी बनाउँछ । धुम्रपानको कारण ओठ कालो भएमा चुन्दरको टुक्रा लिने र त्यसमा पेट्रोलियम जेली लगाएर ओठमा लगाउने गर्दा ओठ गुलाबी बन्दै जान्छ ।

बेसार र दुध
थोरै दुधमा बेसार मिसाएर ओठमा लगाउने र केही समय छोडिदिने । र त्यसपछि चिसो पानीले पखाल्ने गर्दा ओठ सफा हुँदै जान्छ ।

कागती
शरीरको सफाईका लागि कागती अत्यन्तै उपयोगी मानिन्छ । यसले कपालमा चाँया आउने समस्या पनि कम गर्छ । भने छालालाई सेतो पनि बनाउँछ । कागतीको सानो टुक्रा लिएर ओठमा लगाउने गर्दा ओठ पनि सफा हुन्छ । एक चम्चा चिनीमा दुई थोपा कागतीको रस मिसाउने र ओठमा लगाउने गर्दा पनि ओठको समस्या समाधान हुन्छ ।
तुथपेष्टः
हामीले दैनीक ब्रस गर्न प्रयोग गर्ने तुथपेष्ट अर्थात कोलगेट पनि ओठको कालो हटाउन निकै उपयोगी मानिन्छ । हरेकी दिन ब्रस गर्ने समयमा पहिला केही मात्रामा कोलगेट राखेर हल्का ओठ मसाज गर्नुभयो भने पनि ओठमा नयाँ रंग आउने छ ।

प्रकाशित मिति:March 9, 2021