काठमाडौं उपत्यकामा ९९ सहित देशभर १७६ सङ्क्रमित

  Sampatti News

April 4, 2021

काठमाडौं ।पछिल्लो २४घण्टामा नेपालमा कोरोना भाइरसका १७६ जना सङ्क्रमित थपिएका छन् । तीन हजार ४५६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उक्त कुरा बताउनुभएको हो । पछिल्लो चौबीस घण्टामा १७६ सङ्क्रमित थपीयससँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्र ९९ सङ्क्रमित थपिएका छन् । काठमाडौमा ८७, ललितपुर ८ र भक्तपुरमा ४ जना सङ्क्रमित थपिएका छन् ।
हालसम्म दुई लाख ७३ हजार २४० जना सङ्क्रमित निको भयर घर र्फकीसकेका छन् । मन्त्रालयका अनुसार हाल एक हजार ६७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

प्रकाशित मिति:April 4, 2021