९ सय एम्पुल लागुऔषधसहित एक जना पक्राउ

  Sampatti News

April 5, 2021

काठमाडौँ । पर्सा प्रहरीले ९ सय एम्पुल लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ पर्सा जिल्ला बीरगञ्ज महानगरपालिका वडा नं–१६ शंकराचार्य गेट स्थितमा खटिएको प्रहरी टोलीले यूवकलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी सङ्कास्पद रुपमा हिडिरहेको अवस्थामा देखेपछि युवकलाई जाँच गर्ने क्रममा निजको शरीर रीतपूर्वक खानतलासी गर्दा निजले बोकेको कालो ब्याग भित्र लुकाइ ल्याएको लागु औषध फेनारगन ३०० एम्पुल ,डाईजेपाम ३०० एम्पुलर नुर्फिन ३०० एम्पुल गरी जम्मा ९०० एम्पुल फेला परेकोले उक्त लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका अफरोज आलमलाई लागु औषध सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीजानकारि दीनुभयो।

प्रकाशित मिति:April 5, 2021