खुलेन विद्यार्थीले गरेको तालाबन्दी

  Sampatti News

April 5, 2021

काठमाडौँ । बझाङ दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक धारको विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन । चौधारी माध्यमिक विद्यालयमा आइएससीएजी अध्ययनरत विद्यार्थीले पढाइ राम्रोसँग नभयको र तत्काल पढाइ सञ्चालन गर्नुपर्ने भन्दै विद्यालय बन्द गराएका हुन् ।
विद्यालयले लामो समयसम्म आइएससीएजीका विद्यार्थीलाई शिक्षकले पढाइमा बेवास्ता गरेको र विद्यालय सञ्चालन भएको डेढ महिना भइसक्दा प पनि पढाइ नभएको भन्दै आफूहरुले विद्यालयमा तलाबन्दी गरेको विद्यार्थीले बताएका छन् । विद्यार्थीले पटकपटक विद्यालयमा पढाइ निरन्तरताका लागि अनुरोध नगरेका भने होन्न तर जति पटक अनुरोध गर्दापनि शिक्षक र विद्यालय प्रशासनले बेवास्ता गर्ने गरेको विद्यार्थीको भनाइ छ ।
पटकपटक शिक्षकले अटेरी गरेपछि यही चैत १६ गतेदेखि तालाबन्दी गरिएको बिजय खातिले जानकारी दीय । विद्यालयमा तालाबन्दी भएपछि आइएससीएजी र कक्षा ९ तथा १० का विद्यार्थीको पठनपाठनमा बाधा भएको छ । आइएससीएजीमा २५ विद्यार्थी विद्यालयमा अध्यनरत छन् ।
विद्यालयका प्रधानाध्यापक खगेन्द्र मिश्रले भन्नुभयो तलब सम्बन्धमा भएर शिक्षक उपस्थित नहुँदा पठनपाठन अवरुद्घ भएको हो अब छीटै विद्यार्थिको माग पुरा गर्छै । साथै विद्यार्थीले पनि जानकारी बिना नै तालाबन्दी गरेको र कुरा गर्न खोज्दाबीचमा चार÷पाँच दिन सार्वजनिक बिदा भएको हुँदा माग पूरा गर्न नसकेको बताउनु भयो ।

प्रकाशित मिति:April 5, 2021