गाईको खोले पकाउने चुलोको आगो सल्किएर १ जनाको मृत्यु

  Sampatti News

April 6, 2021

काठमाडौँ। चुलोको आगो आँफैले लगाएको कपडामा सल्किएर एक महिलाको मृत्यु भएको छ । इलाम जिल्लाको रोङ गाऊपालिका ३ मार्से कि ४८ बर्षीया मन माया राईको आगोले जलेर मृत्यु भएको हो ।
सोमबार दिउसो ११ बजे भान्सा कोठामा चिया लिन जाने क्रममा गाईको खोले पकाउने चुलोमा राईले लगाएको कपडामा आगो सल्कियको थीयो । आगो सल्किदा शरीरको बिभिन्न भागमा पोली घाइते भयकी महिलालाइ उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड झापा लगिएको थियो ।
उक्त अस्पतालमा उपचार हुन नसकेपछी रातको९ः१५ बजे थप उपचारको लागी मेची अञ्चल अस्पताल भद्रपुरमा लगेपनि उपचारको क्रममा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रकाशित मिति:April 6, 2021