प्रतिनिधि सभा बैठक बस्दै

  Sampatti News

April 8, 2021

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेदेखि बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे देखि बैठक बसीरहेको संघीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी र थारु आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कायक्रम रहेको जनाइयको छ ।
त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभा सदस्य ऐश्वर्यलाल प्रधानङ्गको निधनमा शोक प्रस्ताव समेल पारित गरिने छ। विसं। ०४८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका प्रधानङ्गको यही चैत २० गते निधन भएको थियो ।
राष्ट्रिय सभाका उपाध्यक्षसमेत हुनुभएका प्रधानङ्ग पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री हुनुहुन् ।

प्रकाशित मिति:April 8, 2021