पद मुक्त भयका चार जना मन्त्री पुन नियुक्त, ५ बजे शपथ ग्रहण

  Sampatti News

April 9, 2021

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरिनुभएका चारजना पूर्वमन्त्रीहरूलाई पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको छ ।
माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
पुनः मन्त्री पदमा नियुक्त हुनुभएका उहाँहरुको शपथ कार्यक्रम आज अपराह्न ५ बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले आजै साँझ नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउने बताउनुभयो ।
बिहीबार सांसदबाट पदमुक्त हुनुभएका उहाँहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गर्नुभएको हो । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति:April 9, 2021