फेरि लकडाउन हुनसक्छःप्रधानमन्त्री ओलि

  Sampatti News

April 10, 2021

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले हामिहरु पहिलेनै सचेत नभयमा फरि लकडउन गर्नेन अवस्था आउछ भन्दै जनतालाइ सचेत गरायका छन् । सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य रहेको समेत ओलिले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वर्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो जीवनको रक्षाका लागि नागरिक पनि सचेत हुनुपर्नेमा जोड दियका छन् ।
उनले कोरोना भाइरसको महामारी विश्वभर फेरि फैलन थालेको भन्दै त्यसतर्फ सचेत रहन सबैलाई आग्रह गरे । उनले कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रलायले दिएका निर्देशन पालना गर्न पनि सुझाए । प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन पालना नभए कोरोनाको संक्रमण फैलिने हुँदा फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताय ।
प्रधानमन्त्रीले नागरिकको स्वास्थ्यका विषयमा सरकार सचेत भएकाले नागरिकको स्वास्थ्यलाई नै पहिलो प्राथमिकतामा राख्ने र त्यसका लागि लकडाउनको अवस्था आउन सक्ने भन्दै थप सचेत बन्न आग्रह गरे ।
उनले भने, ‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन । आफैँ सचेत बनौँ । सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौँ भने समस्या आउनसक्छ ।त्यसैले हामी समयमै सचेत बनौँ ।’
उनले कोभिडको महामारीलाई परास्त गर्दै उद्योग चलाउन सकिने बताए ।

प्रकाशित मिति:April 10, 2021