ट्रिपर ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु

  Sampatti News

April 11, 2021

काठमाडौँ ।ट्रिपर ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु भयको छ । ट्रिपर पछाडि सार्ने क्रममा ठक्कर लागेर सुनसरी जिल्लाको इटहरी १ आँपगाँछी चौकमा पैदल यात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही स्थानका ७२ बर्षीय पूर्ण बहादुर गुरूङ रहेका छन् ।
आज दिउसो सभा २ बजे सडक साइडमा रोकेर राखेको प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको ट्रिपर पछाडि सार्ने क्रममा गुरुङलाई ठक्कर दिइ घट्नास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
ट्रिपर र चालक इटहरी १९ बरगाछीका २९ बर्षीय अनिल चौधरी प्रहरीको नियन्त्रणमा लीयर आनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनायको छ । दुर्घटना

प्रकाशित मिति:April 11, 2021