गुल्मीमा खोलामा डुबेर दुई बालकको मृत्यु

  Sampatti News

April 13, 2021

काठमाडौँ ।गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर दुइ बालकको मृत्यु भयको छ । गुल्मीको मदाने गाउँपालिका – ३ स्थित सिर्सेनी पनाहाखोलाको ढाडको रहमा नुहाउने क्रममा डुबेर दुईजना बालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार मृत्यु हुनेहरूमा मदाने गाउँपालिका–१ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका–५ खुँगका ८ बर्षका गोविन्द विकको ज्यान गएको हो । बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।
एक्कासी पानिमा डुबि बेहोस अवस्थामा आफन्तले फेला पारी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्कोटदह गुल्मिमा उपचारको क्रममा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:April 13, 2021