काठमाडौँको सिडीओमा गोबिन्द रिजाल, काली प्रशाद मन्त्रालयमा तानिए

  Sampatti News

September 7, 2021

काठमाडौँ । काठमाडौँको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) को जिम्मेवारी गोबिन्द रिजालले पाएका छन् । गृह मन्त्रालयले काठमाडौँका प्रजिअ काली प्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उक्त प्रजिअ पदमा प्रशासन महाशाखा प्रमुख रिजाललाई पठाएको हो ।

पराजुली प्रदेश जाने भएसँगै उनलाई केही समयका लागि मन्त्रालयमा राखिएको गृह मन्त्रालयले जनाएको छ ।

रिजाल सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुरलगायत देशका ठूला तथा महत्वपूर्ण जिल्लाको कमाण्ड सम्हाली सकेका छन् । साथै आफ्नो अहिलेसम्मको कार्यक्षेत्रमा राम्रो छवि राखेर उल्लेख्य काम गर्दै आएका छन् । रिजाल गृह प्रशासनका अनुभवी तथा अब्बल प्रशासकका रुपमा पनि चिनिन्छन् ।
रिजाल सबैभन्दा लामो समय कैलालीमा करिब २३ महिना र दाङमा २२ महिना भन्दा बढी समय सिडिओ भएका थिए ।

प्रकाशित मिति:September 7, 2021