प्रतिनिधिसभाको बैठक बस्दै

  Sampatti News

September 12, 2021

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय छ।

प्रतिस्थापन विधेयकबाट सरकारले बजेट ल्याएपछि आज पहिलो पटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

सरकारले गत शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच प्रतिस्थापन विधेयक ल्याएको थियो ।

आजको बैठकमा सपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

२०७८ भदौ २७ गते प्रकाशित

प्रकाशित मिति:September 12, 2021