एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको उप–नेतामा खनाल, प्रमुख सचेतकमा सिग्देल

  Sampatti News

September 13, 2021

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको बैठकले संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाललाई चयन गरेको छ । एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको सोमबार हेटौँडामा बसेको बैठकले खनाललाई संसदीय दलको उपनेता चयन गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईं चयन गरेको छ ।

आइतबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गरेका थियो ।

नेकपा एमाले विभाजनल भएपछि १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् । ५५ मध्ये १३ सांसदले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद ४२ मात्र भएको छ ।

२०७८ भदौ २८ गते प्रकाशित

प्रकाशित मिति:September 13, 2021