एमालेकाे काठमाडौं नगर कमिटीमा अध्यक्षमा निर्मल देउला

  Sampatti News

October 27, 2021

एमालेकाे काठमाडौं नगर कमिटीमा अध्यक्षमा निर्मल देउला

काठमाडौं-नेकपा एमालेकाे काठमाडौं महानगरपालिका कमिटी अध्यक्षमा निर्मल देउला चयन भएका छन्।

काठमाडौं महानगर अधिवेशनले कमिटी अध्यक्षमा देउलालाई चयन गरेको हो।

अधिवेशनले उपाध्यक्षमा न्युछेकाजी महर्जन, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा सिर्जना भेटुवाल र उपसचिवमा देवेन्द्र खड्गीलाई चयन गरेको छ।

यस्तै ललितपुरका ६ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ। एमाले ललितपुर महानगरपालिका कमिटीमा आस्था शाक्य ‘मञ्जली’ अध्यक्ष चयन भएकी छन्।

गोदावरीमा प्रभाकर थापा र महालक्ष्मीमा हरिगोविन्द श्रेष्ठ नगर अध्यक्ष भएका छन्।

बागमतीमा नवराज सञ्जेल, महांकालमा पुरुषोत्तम हुमागाईं र कोञ्जोसोममा कविन्द्र लामा गाउँपालिका अध्यक्ष बनेका छन्।

एमालेकाे काठमाडौं नगर कमिटीमा अध्यक्षमा निर्मल देउला

प्रकाशित मिति:October 27, 2021