सीप मेलाः २०८१ जनालाई रोजगारी

  Sampatti News Online

May 1, 2024

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा आजदेखि सीप मेला शुरु हुँदैछ । काठमाण्डौ महानगरपालिकाको आयोजनामा उक्त मेला सुरु भईरहेको हो । मेलामार्फत् एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने लक्ष्य रहेको महानगरकी उपमेर सुनिता डंगोलले बताईन् ।
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका निम्ति मेलाको अवधारणा अघि सारिएको उनको दाबि छ ।
मेलामा तालिमका लागि अटो मोबाईल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित रहेका छन् । तालिमको अन्तिम दिन रोजगार मेला हुने जनाईएको छ ।

प्रकाशित मिति:May 1, 2024