बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने प्रक्रिया सुरु

  Sampatti News

October 27, 2021

मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने प्रक्रिया सुरु भएको छ ।

भदौ २ गते बागमती प्रदेशको मुख्यमन्त्रीको यात्रा सूरु भएको शाक्यको सरकारको कार्यकाल ७१ दिनमै आज असोज १० गते समाप्त भएको छ ।

प्रदेश सभा बैठकलाई संविधानको धारा १६९ को उपधारा १ ९क० मा भएको व्यवस्थाअनुसार आफूले ‘मार्ग प्रशस्त’ गर्ने जानकारी दिएर उनि प्रदेश प्रमुखको कार्यलयमा गएर राजिनामा बुझाएकी हुन् ।

पहिलो महिला मुख्यमन्त्री बनेकी शाक्यले बागमती प्रदेशलाई महिलामैत्री प्रदेश बनाउने भनेर मंगलवार बागमती प्रदेशका सबै मन्त्रालयमा वडापत्र राख्न लगाएकी थिइन् ।

एमालेमा अन्तरसंघर्ष चलिरहेको बेला माधव नेपाल पक्षमा रहेकी शाक्य एमाले विभाजनको संघारमा एमालेको संस्थापन पक्षसँग सम्झौता गरेर बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् ।

बागमती प्रदेशमा अब नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् ।

प्रकाशित मिति:October 27, 2021