पेटीएमले गर्यो भारतको सबैभन्दा ठूलो आईपीओ बिक्री खुल्ला

  Sampatti News

November 8, 2021

एजेन्सी-भारतमा आजदेखि अहिलेसम्मकै धेरै साधारण सेयर (आईपीओ) बिक्री खुला भएको छ ।

भारतको डिजिटल वालेट पेटीएमले अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ बिक्री खुलाएको हो ।

कम्पनीले आईपीओ बिक्री गरेरै एक खर्ब ८३ अर्ब भारतीय रुपैयाँ (१८ हजार ३०० करोड भारू) जुटाउने योजना बनाएको छ ।

यसअघि, कोल इन्डियाले एक खर्ब ५० अर्ब भारतीय रुपैयाँ (१५ हजार करोड भारू) र रिलायन्स पावरले एक खर्ब २० अर्ब भारू (१२ हजार करोड भारू) को आईपीओ बिक्री गरेको थियो ।

पेटीएम भारतको डिजिटल वालेट कम्पनी हो । भारतीय लगानीकर्ता संस्थापक रहेको यस कम्पनीमा चिनको अलिबाबा समूह र नेदरल्याण्ड्सका लगानीकर्ताको समेत लगानी छ ।

प्रकाशित मिति:November 8, 2021