मन्त्री खतिवडाद्वारा समवेदना प्रकट

  Sampatti News

November 9, 2021

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले हेटौँडा उपमहानगर कमिटी सचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य गिरिजा अधिकारीको निधनमा समवेदना प्रकट गर्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्यसमेत रहनुभएका उहाँले एक शोक शन्देश जारी गर्दै समवेदना प्रकट गर्नुभएको हो ।

अठ्ठाइस वर्षीय अधिकारीको सोमबार करेन्ट लागेर हेटौँडामा निधन भएको थियो ।

मकवानपुर जिल्लाबाट राम्रो सम्भावना बोकेर समाजवादी आन्दोलनमा होमिएका एक सशक्त युवाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको शन्देशमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति:November 9, 2021