कात्तिक ३० गते विश्वासको मत लिदै प्रदेश १ का मुख्यमन्त्री राई

  Sampatti News

November 10, 2021

यही कात्तिक ३० गते प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी गरेका छन् ।

अब बस्ने पहिलो प्रदेशसभाको बैठकमै उनि विश्वासको मत लिने तयारीमा रहेको बताएका छन् ।

प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी कात्तिक ३० गतेका लागि बैठक बस्ने जनाएको छ ।

कात्तिक १५ गते बसेको प्रदेशसभा बैठकमा तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा गर्ने घोषणा गरेपछि सभामुखले प्रदेशसभाको अर्को बैठक कात्तिक २३ गतेका लागि डाकेका थिए ।

तर मुख्यमन्त्री राईले विश्वासको मत लिएरमात्र मन्त्रीमण्डल विस्तार गर्ने बताएपछि प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी विशेष कारणले कात्तिक ३० गतेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएको थियो ।

मुख्यमन्त्री राईले विश्वासको मत लिनुभन्दा दुई दिन अघि नै प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्ने भएकोले विश्वासको मत लिने विषयमा आन्तरिक तयारीका लागि उनी गृह जिल्ला भोजपुरबाट मंगलबार विराटनगर आएका छन् ।

प्रकाशित मिति:November 10, 2021