प्रदेश १ का मुख्यमन्त्री राईको विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता

  Sampatti News

November 14, 2021

प्रदेश १ का मुख्यमन्त्री राईको विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।

विश्वासको मतसम्बन्धी प्रस्ताव आइतबार दर्ता गरिएको मुख्यमन्त्री राईका स्वकीय सचिव सन्दीप राईले जानकारी दिएका छन् ।

मंगलबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री राईले दुई दिनअघि नै विश्वासको मतसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण आज दर्ता गराएका हुन् ।

मंगलबार दिउँसो १२:३० मा बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने गरि उनले स्वकीय सचिव सन्दीप राई मार्फत प्रस्ताव दर्ता गराएका हुन् ।

गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेशसभाबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने उनको योजना छ ।

९२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा गरी ५० जना सांसद् छन् ।

प्रदेश १ को प्रतिपक्ष नेकपा एमालेसँग ४० र राप्रपाका एक जना सांसद् छन् ।

प्रदेश १ का मुख्यमन्त्री राईको विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता

प्रकाशित मिति:November 14, 2021