नेप्से साढे ३ अंक बराबरले सकारात्मक

  Sampatti News

March 16, 2020

विभिन्न उतार–चढावका बीच बजार परिसूचक नेप्से साढे ३ अंक बराबरले सकारात्मक रहेर १३ सय १६ कायम भएको छ ।

पछिल्ला दिन ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार सोमबार भने सामान्य अंकले सकारात्मक रह्यो । कारोबार भने थप खुम्चियो । मध्याह्नमा २२ अंक बराबरले उकालो लागिसकेको नेप्से अन्तिम समयतिर शिथिल भएको हो ।

उत्पादनमूलक, होटल र सामूहिक लगानी कोषबाहेक अरु समूह सकारात्मक रहे । निर्जीवन बिमा समूहमा सबैभन्दा उच्च ५३ अंक, जीवन बिमा समूहमा ४८ अंकको सुधार आयो । लघुवित्त समूह पनि दोहोरो अंकले सुधारिँदा अरु भने सामान्य अंकले हरियो रहेका हुन् । उत्पादनमूलक समूहमा ५२ अंकको गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीको ४१ लाख ९१ हजार कित्ता सेयर जम्मा एक अर्ब ६१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रकाशित मिति:March 16, 2020