गौर नगरपालिकामा अख्तियार टोलीको छापा

  Sampatti News

November 23, 2021

गौर नगरपालिकामा अख्तियार टोलीको छापा

काठमाडौँ-रौतहटको सदरमुकाम गौर नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन गरेको छ ।

आयोगको बर्दिबासको टोलीले गौर नगरपालिकाको केही आवश्यक कागजातहरू चेकजाँच गरेको हो ।

गौर नगरपालिकाका योजनाहरूमा व्यापक अनियमितता भएको उजुरी को आधारमा अख्तियार दुरुपयोग आयोग बर्दिबासको टोलीले झण्डै एक घण्टासम्म नगरपालिकामा फाइलहरू जाँच गरेको थियो ।

गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक हिनामिना लगायतका विषयमा आयोगमा परेको उजुरीको अनुसन्धानका लागि बर्दिबासको टोली गौर पुगेको हो ।

गौर नगरपालिकामा अख्तियार टोलीको छापा

प्रकाशित मिति:November 23, 2021