सहमति जुटाउन ओलीलाई सकस

  Sampatti News

November 28, 2021

चितवन-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारीमा सहमति जुटाउन निकै सकस परेको छ ।

नेकपा एमालेको सचिवालयका १९ जना पदाधिकारीसहित केन्द्रीय समितिका सबै सदस्यको नामावली प्रस्ताव गर्न जिम्मा ओलीलाई दिइएको थियो ।

सहमती जुटाउन नेता तथा कार्यकर्ताहरूमा छलफलमा जुटेका ओलीलाई निकै सकस परेको स्रोतले बताएको छ।

तर‚ पदाधिकारीका आकांक्षी धेरै भएकाले ओलीलाई पदाधिकारीमा सहमति जुटाउन सकस परेको हो ।

ओली पार्क सफारी रिसोर्टमा आइतबार बिहानैदेखि नेताहरुसँग छुट्टाछुट् र सामूहिक छलफलमा जुटेका छन् ।

केही समयअघि उनलाई पूर्वमाओवादी नेताहरुले भेट गरेका थिए । यस्तै‚ अष्टलक्ष्मी शाक्य पनि ओलीलाई भेटेर निस्किसकेकी छन् ।

अहिले प्रदेश २ का अध्यक्षहरुसँग छलफलमा रहको बताइएको छ ।

भीम रावललाई पनि ओलीले छलफलमा बोलाएको भए पनि उनी आएका छैनन्।

बन्द सत्र हुने सेभेनस्टारमा भने महाधिवेशन प्रतिनिधिहरु तीन घण्टादेखि कुरिरहका छन्।

प्रकाशित मिति:November 28, 2021