केन्द्रीय सदस्यको सूची तयार: ओलीले अन्तिम रुप दिने

  Sampatti News

November 28, 2021

केन्द्रीय सदस्यको सूची तयार: ओलीले अन्तिम रुप दिने

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची बुझाएका छन् ।

अध्यक्ष केपी शर्मा ओली निकट चार नेता केन्द्रीय सदस्यहरुको सूची बनाउन छलफलमा जुटेका थिए।

शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो ।

ओलीले विहान १० बने बन्दसत्र राखेका थिए । तर बन्दसत्र रोकेर छलफलमा जुटेका उनले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा चार नेतालाई दिएका थिए ।

ओलीले संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउन दिएका हुन् ।

आफूहरुले पदाधिकारीसहित केन्द्रीय सदस्यको सूची तयार पारेर अध्यक्ष ओलीलाई बुझाएको सचिव गुरुङले बताएका छन् ।

अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ ।

केन्द्रीय सदस्यको सूची तयार: ओलीले अन्तिम रुप दिने

प्रकाशित मिति:November 28, 2021