पदसंख्या बढाउदा समेत पदाधिकारी भागबन्डा मिलेन

  Sampatti News

November 28, 2021

पदसंख्या बढाउदा समेत पदाधिकारी भागबन्डा मिलेन

चितवन-नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन सकेको छैन ।

सौराहमा जारी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरेका थिए ।

अधिकांश प्रतिनिधि विहान १० बजे नै बन्दसत्र सञ्चालन हुने होटल सेभेर स्टारमा पुगेका थिए ।

१० बजे पुगेका प्रतिनिधिहरुले ७ घण्टा कुर्दा पनि बन्दसत्र भने सुरु भएन ।

विहान १० बजे नै बन्दसत्रहुने आह्वान गर्दै अध्यक्ष ओली ढोका बन्द गरेर १७ जना आफु निकट नेतासँग पदको भागबन्डामा तल्लिन देखिए ।

भागबन्डा पश्चात चार नेताहरुको अनौपचारिक कार्यदलले केन्द्रीय सदस्यहरुको सूची बनाएर अध्यक्ष ओलीलाई बुझाएको छ ।

तर पदाधिकारीमा भने ओलीले पदसंख्या बढाउदा समेत सहमती जुटाउन सकेका छैनन्

ओली पक्षका नेताहरुले सहमतिको प्रयास जारी रहेको बताएका छन् ।

पदाधिकारीमा सहमती जुटाउन अझै समय चाहिने भएपछि ओलीको आदेशमा बन्दसत्र हलमा साँझ ७ बजे मात्र बन्दसत्र सुरु हुने माइकिङ गरिएको छ ।

७ बजे सुरु हुने बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधिहरुलाई खाना खाएर आउन भनिएको छ ।

पदसंख्या बढाउदा समेत पदाधिकारी भागबन्डा मिलेन

प्रकाशित मिति:November 28, 2021