एमाले पदाधिकारीमा ईश्वर पोखरेलसहित पाँच जना निर्विरोध

  Sampatti News

November 29, 2021

एमाले पदाधिकारीमा ईश्वर पोखरेलसहित पाँच जना निर्विरोध

चितवन-नेकपा एमालेको १०औँ महाधिबेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित गराएको छ ।

वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् ।

निर्वाचित हुनेहरुको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको छ ।

त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका छन् ।

मनोनयनको म्याद सकिँदासमेत पनि उपमहासचिव पदमा कसैको उम्मेदवारी परेन ।

एमाले पदाधिकारीमा ईश्वर पोखरेलसहित पाँच जना निर्विरोध

प्रकाशित मिति:November 29, 2021