माओवादीलाई किनारा लगाउन ओलीको रणनीतिमा उम्मेदवारी

  Sampatti News

November 29, 2021

माओवादीलाई किनारा लगाउन ओलीको रणनीतिमा उम्मेदवारी

चितवन-एमालेको १० औँ महाधिबेशन अन्र्तगत चितवनको सौराहामा अहिले बन्दसत्र चलिरहेको छ ।

सहमतीमै केन्दीय पदाधिकारी चयन गर्ने गरी बल गरिएको भएता पनि पदाधिकारी चयन प्रक्रिया चुनावमा जाने निश्चित भएको छ ।

चुनावको कार्यतालीका अनुरुप उम्मेदवारी दर्ता गराउने प्रक्रिया सम्पन्न भएको छ ।

जहाँ नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशनमा पदाधिकारी चयनका लागि तयार पारेको सूचीमा पूर्वमाओवादीलाई समेटिएको छ, त्यहीँ एमालेका असन्तुष्ट पक्षले उम्मेदवारी दिएको छ ।

जसले गर्दा एमालेका महाधिवेशनमा पूर्वमाओवादीको पत्तासाफ हुने अवस्था देखिएको छ ।

६ वटा उपाध्यक्ष पदका लागि ओलीले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुवास नेम्वाङको नाम प्रस्ताव गरेका छन् ।

ओली पक्षबाट सोही अनुसार उपाध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ ।

यो समूहमा रामबहादुर थापा ‘बादल’ पूर्वमाओवादी पृष्ठभूमिका हुन् ।

सोही रामबहादुर थापा ‘बादल’को उपाध्यक्ष पद हत्याउने गरी एमालेका नेता घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले ओली समूह बाहिरबाट उम्मेदवारी दिएका हुन् ।

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् ।

ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् ।

सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले टोपबहादुर र लेखराजलाई पाखा लगाउने गरी उम्मेदवारी दिएका छन् ।

पूर्वमाओवादीलाई समेटेर ओलीले उपाध्यक्ष, र सचिवमा बनाएको सूचीमा एमालेकै असन्तुष्ट पक्षबाट उम्मेदवारी परेपछि एमालेमा पूर्वमाओवादी कार्यकर्तामा सिमित हुने देखिएको छ ।

एमालेका महाधिवेशन प्रतिनिधिसामु पुराना एमालेका नेतालाई मत दिने र पूर्वमाओवादीको च्याप्टर क्लोज गर्ने ओलीको रणनीति अनुसारनै उम्मेदवारी दर्ता भएको जानकार हरुले बताएका छन् ।

माओवादीलाई किनारा लगाउन ओलीको रणनीतिमा उम्मेदवारी

प्रकाशित मिति:November 29, 2021