लुकाएर राखेको १सय ७७ हजार बोरा मास्क बरामदः संलग्न दुईजना पक्राउ

  Sampatti News

March 18, 2020

काठमाडौँ । काठमाडौँको चन्द्रगिरी नगरपालिकामा लुकाएर राखेको १ सय ७७ हजार मास्क प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले नगरपालिकास्थित एक घरमा गोदाम गरी राखेको मास्क बरामद गरेको हो ।


मास्क लुकाउनमा संलग्न रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिजी इन्टरनेसनल कम्पनीका सञ्चालक ३४ वर्षिया सुरज गोयल र भारत राजस्थान घर बताउने ३७ वर्षिया सुवास महेश्वरी रहेका छन् । कम्पनी सञ्चालक गोयल काठमाडौँ नगरपालिका वडा नं. २३ मा बस्छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि प्रशासकीय अधिकृत खड्ग बहादुर श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी तथा चन्द्रागिरी नगरपालिकाका वडाध्यक्ष गोपालकृष्ण महर्जन तथा स्थानीयबासीहरूको सहयोगमा गोदामबाट मास्क बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद कुल मास्क ८ लाख ४९ हजार ६ सय रहेका छन् ।

डिजी इन्टरनेसनल कम्पनीले कालो बजारी गर्नका लागि उक्त मास्क राखिको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बरामद मास्कसहित पक्राउ परेका व्यक्तिहरूलाई कालाबजारी तथा सामाजिक हितविरूद्धको अपराध २०३२ अन्तर्गत अनुसन्धान भइरहेकोे छ ।

प्रकाशित मिति:March 18, 2020