संघीयताले खर्च बढायो: देश अप्ठेरोमा पर्‍यो: नेता मैनाली

  Sampatti News

December 10, 2021

संघीयताले खर्च बढायो: देश अप्ठेरोमा पर्‍यो: नेता मैनाली

काठमाडौं-नेकपा मालेका महासचिव सिपी मैनालीले संघीयताले धेरै खर्च बढाएको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मैनालीले संघीयताका कारण देश अप्ठेरोमा परेको र यस प्रणालीले धेरै खर्च बढाएको बताएका हुन्।

नेपालले विदेशी असंलग्नताको नीति थप परिमार्जित गर्नुपर्ने नेता मैनालीले बताए ।

उनले भने ‘लोकतन्त्रको लागि लड्दै आएको कांग्रेसको ध्यान असंलग्न राष्ट्रतिर जाओस्।’

संघीयताले खर्च बढायो: देश अप्ठेरोमा पर्‍यो: नेता मैनाली

प्रकाशित मिति:December 10, 2021