वेस्ट इन्डिज ‘ए’ ले दियो नेपाललाई १६१ रनको लक्ष्य

  Sampatti News Online

April 28, 2024

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा जितका लागि नेपालाई वेस्ट इन्डिज ‘ए’ ले एक सय ६१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनायो ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ४३ रन बनाए । यस्तै गुडाकेश मोतीले अविजित ३३ रन बनायो । कप्तान रोस्टन चेजले २३, ओपनर जोनसन चाल्र्सले ११, केसी कार्टीले १० र म्याथ्यु फर्डले अविजित ११ख रन बनाए ।

बलिङमा नेपालका सागर ढकाल र कुशल भुर्तेलले दुई दुई विकेट लिए। सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट झारे ।

नेपाल आज बलियो वेस्ट इन्डिजविरुद्ध लगातार दोस्रो जित निकाल्दै सिरिजमा २–० को अग्रता बनाउने लक्ष्यमा छ । यस्तै पाँच खेलको सिरिजमा वेस्ट इन्डिज पनि पहिलो जित निकाल्ने तयारीमा छ ।

पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दुई टोलीबिच तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।

नेपालले वेस्ट इन्डिज ‘ए’ सँग आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकप तयारीका लागि सिरिज खेलेको हो ।

प्रकाशित मिति:April 28, 2024