१ सय २५ शिक्षकको सरुवा

  Sampatti News

December 19, 2021

१ सय २५ शिक्षकको सरुवा

पर्सा-वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १ सय २५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ ।

महानगरपालिका , शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो ।

महानगरपालिकाअन्तर्गत कूल ३२ वडामा प्रावि, निमावि र मावि गरी ९९ सामुदायिक विद्यालयमा करिब ८०० शिक्षक कार्यरत छन् ।

विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको निवेदन र गुनासोमाथि मध्यनजर गर्दै विद्यालयलाई राम्रो पठनपाठनको थलो बनाउन यस्तो कदम चालिएको जनाइएको छ ।

१ सय २५ शिक्षकको सरुवा

प्रकाशित मिति:December 19, 2021