नागरिकता नभएका गैरनागरिलाई पनि मतदान गर्न दिनुपर्छ:उपेन्द्र यादव

  Sampatti News

December 19, 2021

नागरिकता नभएका गैरनागरिलाई पनि मतदान गर्न दिनुपर्छ:उपेन्द्र यादव

काठमाडौं-जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता प्रमाणपत्र नभएका गैरनागरिकले पनि मतदान गर्न पाउनुपर्ने बताएका छन् ।

आइतबार आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै उनले फेसबुकमा नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु दुबै फरक विषय भएकोले नागरिकता नभएकाले पनि भोटहाल्न पाउनुपर्ने बताएका हुन् ।

यादवको स्टाटस जस्ताको तेस्तै

निर्वाचन प्रक्रियामा भागलिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो। नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु दुबै फरक विषय हुन् । नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन न सकेको कारणले मात्र कुनै पनि ब्यक्ति गैरनागरिक हुनसक्दैन । लाखौं जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन सकेको छैन । त्यसैगरी लाखौं मधेसीहरुलाई नागरिकता प्रमाणपत्र राज्यले प्रदान गरेको छैन । यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदातानमावलीमा समाबेश नगर्नु , मतदान गर्न पाउने अधिकारबाट बन्चित गर्नु , निर्वाचनको प्रक्रियामा सामेल हुन बाट रोक्ने कार्य असम्बैधानिक हुनुका साथै अन्तरास्ट्रिय कानूनका बिपरित र मानबता बिरोधि कार्य हुन । निरङ्कुश पन्चायतकाल र राजाको शासनकालमा पनि यस्तो ब्यवस्था थिएन । नागरिकताको प्रमाणपत्र दिनु पर्ने दायित्व राज्यको हो , राज्यले आफ्नो जिम्मेवारी पुरा नगरेको तर त्यस्को सजाय जनताल्रे भोग्नु पर्ने यो कस्तो न्याय हो । तसर्थ सबै नेपाली नागरिकहरूको नाम मतदातानामवलीमा सामेल गर्नु पर्दछ। निर्वाचन आयोग र सरकारले यस्तो गम्भीर विषयमा समयमै ध्यान पूर्‍याओस ।कुनै पनि नागरिकलाई नागरिक अधिकारबाट बन्चित नपारियोस ।

नागरिकता प्रमाणपत्र नभएको कारणले कुनै पनि ब्यक्ति गैरनागरिक हुन नसक्ने

उनले नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि ब्यक्ति गैरनागरिक हुन नसक्ने जिकिर गरेका छन् ।

नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक र अन्तर्राष्ट्रिय कानून विपरीत हुने उनले बताएका छन् ।

लाखौं जन्मसिद्ध नागरिकलाई राज्यले अझैसम्म नागरिकता दिन नसकेको र मधेसमा पनि लाखौं नागरिकले नागरिकता प्रमाणपत्र पाउन नसकेको यादवले बताएका छन् ।

‘यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु, मतदान गर्न पाउने अधिकारबाट वञ्चित गर्नु, निर्वाचनको प्रक्रियामा सामेल हुनबाट रोक्ने कार्य असंवैधानिक हुनुका साथै अन्तर्राष्ट्रिय कानूनका विपरीत र मानवताविरोधी कार्य हुन्’ उनले भनेका छन्, ‘निरङ्कुश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो ब्यवस्था थिएन ।’

हाल नेपालमा नागरिकता प्रमाणपत्र लिएका १८ वर्षमाथिका व्यक्तिको नाम मात्र निर्वाचन आयोगले मतदाता नामावलीमा समावेश गर्ने गरेको छ । मतदाता नामावलीमा नाम भएकाहरुले मात्र निर्वाचनमा मतदान गर्न पाउँछन् ।

‘नागरिकताको प्रमाणपत्र दिनुपर्ने दायित्व राज्यको हो, राज्यले आफ्नो जिम्मेवारी पूरा नगरेको तर त्यसको सजाय जनताले भोग्नुपर्ने यो कस्तो न्याय हो ? तसर्थ सबै नेपाली नागरिकहरूको नाम मतदाता नामावलीमा सामेल गर्नुपर्दछ’ उनले भनेका छन् ।

जसपा अध्यक्ष यादवले निर्वाचन आयोग र सरकारले नागरिकता नभएकालाई पनि मतदाता नामावलीमा समावेश गर्ने विषयमा बेलैमा ध्यान दिनुपर्ने बताएका छन् ।

नागरिकता नभएका गैरनागरिलाई पनि मतदान गर्न दिनुपर्छ:उपेन्द्र यादव

प्रकाशित मिति:December 19, 2021