बालुवाटारमा सर्वदलीय बैठक शुरु

  Sampatti News

December 19, 2021

बालुवाटारमा सर्वदलीय बैठक शुरु

काठमाडौं-प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक शुरु भएको छ ।

सत्तारुढ गठबन्धनको बैठक सकिएसँगै सर्वदलीय बैठक शुरु भएको हो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सर्वदलीय बैठक बोलाएका थिए ।

देउवाले संसदको अवरोध खुलाउने बिषयमा समेत सर्वदलिय बैठकमा छलफल गर्ने बताईएको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेस एमसीसी सम्झौता पारित गर्नुपर्ने पक्षमा छ भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दलहरु सम्झौता परिमार्जन गर्नुपर्ने पक्षमा छन् ।

सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नजाने बताइसकेको छ ।

अब बैठकमा एमालेबाहेक प्रतिनिधिसभामा रहेका अरु दलका नेताहरु सहभागी हुनेछन् ।

प्रकाशित मिति:December 19, 2021