प्रतिगमन स्थायी रुपमा कहिले पनि समाप्त हुँदैन: बाबुराम भट्टराई

  Sampatti News

December 20, 2021

प्रतिगमन स्थायी रुपमा कहिले पनि समाप्त हुँदैन: बाबुराम भट्टराई

काठमाडौं-समाजवादी जनता पार्टी,नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमन स्थायी रुपमा कहिले पनि समाप्त नहुने बताएका छन् ।

आज राजधानीमा समाजवादी प्रेस संगठन, नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले भने,‘हामी एक भएर ओली प्रतिगमन त परास्त गरेका छौँ । तर, प्रतिगमन स्थायी रुपमा कहिले पनि समाप्त हुँदैन । कुनै न कुनै रुपमा प्रतिगमनले टाउको उठाउँछ । यसतर्फ सबै सचेत हुनुपर्छ । प्रतिगमनको टाउको नकिच्याएसम्म बेला–बेला टाउको उठाइरहन्छ ।’

आज केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको दिनलाई ‘कालो दिन’को रुपमा व्यख्या गर्दै समाजवादी प्रेस संगठन,नेपालले ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयक बहसमा आयोजना गरेको थियो ।

मन्तब्यकै क्रममा डा. भट्टराईले भने ‘पछिल्लो समय एमसीसी लगायतको नाममा पुनः प्रतिगमन हुन लागेको छ । उनले थपे,‘पुनः प्रतिगमनको खतरा छ । एमसीसी लगायतको नाममा पुनः प्रतिगमन हुन लागेको छ । त्यसैले प्रतिगमनविरुद्ध एक भएर संघर्ष गर्नुपर्छ ।’

ओली प्रतिगमनविरुद्ध संघर्ष गरेका राजनीतिक शक्तिहरुमा एमसीसीको नाममा फुट ल्याएर प्रतिगमन सफल बनाउने योजना बनिरहेको भन्दै भट्टराईले पाँच दलीय गठबन्धन जोगाउनुपर्नेमा जोड दिए ।

प्रतिगमन स्थायी रुपमा कहिले पनि समाप्त हुँदैन: बाबुराम भट्टराई

प्रकाशित मिति:December 20, 2021