संसद अबरुद्ध पार्नु प्रतिगमनको निरन्तरता हो : अध्यक्ष नेपाल

  Sampatti News

December 20, 2021

संसद अबरुद्ध पार्नु प्रतिगमनको निरन्तरता हो : अध्यक्ष नेपाल

काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओली पुनः प्रतिगमनको पक्षमा रहेको बताएका छन् ।

उनले ओलीले पुस ५ मा गरेको संसद बिघटनको प्रतिगमनलाई अहिले संसद अबरुद्ध परेर निरन्तरताका दिएको बताएका हुन् ।

केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको दिनलाई ‘कालो दिन’को रुपमा व्यख्या गर्दै समाजवादी प्रेस संगठन, नेपालले सोमबार आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयक बहसमा सहभागी अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

विगतमा अग्रगमनकारी शक्ति एक हुँदा ओली प्रतिगमन असफल भएपनि ओली पुनः प्रतिगमनको पक्षमा रहेर संसद अबरुद्ध पार्दै आएको नेता नेपालले दावी गरे ।

ओलीले अहिले संसद अबरुद्ध पार्ने लगायतका गतिविधीको हिसाव किताव जनताले गरिरहेको समेत नेता नेपालले बताएका छन् ।

उनले भने ‘अब नेपालमा कुनैपनि प्रतिगमन सफल हुने छैन् । प्रतिगमनविरुद्ध संघर्ष गरेका राजनीतिक शक्ति एकै ठाउँमा छौ कुनै पनि परिस्थितिमा प्रतिगमन सफल हुन दिदैनौ ।’

अध्यक्ष नेपालले नेकपा एमाले वामपन्थी शक्ति नभएर रामपन्थी शक्ति भएको टिप्पणी समेत गरेका छन् ।

उनले ओलीले पछिल्ला समय नेपालमा वामपन्थी शक्तीलाई नै समाप्त पार्ने गतिविधी सञ्चालन गरेको आरोप लगाए ।

अध्यक्ष नेपालले भने– ‘आफूलाई असली वामपन्थी शक्तिको रुपमा दावी गर्दै आएको एमाले वामपन्थी नभएर रामपन्थी भएको छ,उनले भने ‘अग्रगमनकारी नभएर प्रतिगामी भएको छ, कसैवाट परिचालित छ,।’ ओलीले रामपन्थी भएर धर्मको नाममा राजनीति गर्दै छन् । धर्मको राजनीतिले हिंसा निम्त्याउने र सदभाव कायम नगर्ने नेता नेपालले बताए ।

उनले थपे ‘ नेपालको कम्युनिस्ट आन्दोलननै समाप्त पार्ने खेलमा ओली लागेका छन्,त्यो हामी कदापी सफल हुन दिदैनौ। ‘

पार्टी एकता गरेर इतिहासकै शक्तिशाली सरकारको नेतृत्व गर्ने अवसर दिइएका ओली एकाएक प्रतिगमनकारी भइदिएका कारण उपलब्धीहरु नै गुम्ने अवस्था आएको नेता नेपालले बताए ।

अध्यक्ष नेपालले भने ‘ उनी कसैबाट परिचालीत भएर प्रतिगमनकारी भएको हुन् सक्छन् । त्यो परिचालित प्रतिगमन कदापी सफल हुने छैन् । ’

कार्यक्रममा नेपाल सरकारका सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,समाजवादी जनता पार्टी,नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

संसद अबरुद्ध पार्नु प्रतिगमनको निरन्तरता हो : अध्यक्ष नेपाल

प्रकाशित मिति:December 20, 2021