प्रतिनिधिसभाको बैठक आज बस्दै

  Sampatti News

December 22, 2021

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ-प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ।

आज दिउँसो १ बजे बस्ने बैठकमा चार वटा अध्यादेश पेस गरिने सम्भावित कार्यसूची छ ।

ती अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ ।

एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १०औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो ।

संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको आजको बैठकको सम्भावित कार्यसूची

प्रकाशित मिति:December 22, 2021