श्रेस्तेदार घुससहित नियन्त्रणमा

  Sampatti News

March 19, 2020

काठमाडौँ । कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।


अनुसन्धान आयोगको टोलीले बुधबार राति मुद्दाका एक पक्षसँग ३० हजार घुस लिइरहेको अवस्थामा पराजुलीलाई रंगेहाल पक्राउ गरेको छ ।


आयोगको टोलीले उनलाई पोखरा–५ पर्स्याङस्थित एक पसलबाट पक्राउ गरेको हो ।


आयोगका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार श्रेस्तेदार पराजुलीलाई एक मदिरा पसलबाट अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको हो । अहिले उनीमाथि थप अनुसन्धान भइरहेको छ ।


संघठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै श्रेष्तेदार पराजुलीले घुस मागेको बताइएको छ ।
श्रेस्तेदार पराजुलीको सर्वोच्च अदालतमा हालै सरुवा भइसकेको बताइन्छ ।

प्रकाशित मिति:March 19, 2020