प्रधानमन्त्री निवासमा गठबन्धनको बैठक बस्दै

  Sampatti News

January 2, 2022

प्रधानमन्त्री निवासमा गठबन्धनको बैठक बस्दै

काठमाडौँ-सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने भएको छ ।

भोली हुने छलफलमा राष्ट्रियसभाको निर्वाचनमा भागबण्डाको बिषय टुङ्गो लाग्ने बताईएको छ ।

काँग्रेस महामन्त्री गगन थापाका अनुसार भोलि बिहान गठबन्धनको बैठक बसेर कुन पार्टीको भागमा कति सबै टुंग्याउँने योजना रहेको छ ।

माओवादी केन्द्रको महाधिवेशन लम्बिएपछि आज बस्ने भनिएको गठबन्धनको बैठक भोलि बिहान बस्न लागेको उनको भनाइ छ ।

आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसदको कार्यकाल समाप्त हुदै छ ।

एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ ।

सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।

प्रधानमन्त्री निवासमा गठबन्धनको बैठक बस्दै

प्रकाशित मिति:January 2, 2022