किन झपारे ट्रम्पले पत्रकार

  Sampatti News

March 21, 2020

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबारे प्रश्न गर्दा एनबीसी न्युजका पत्रकारलाई झपारेको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल भईरहेको छ ।


अमेरिकाको ‘द ह्वाइट हाउस’मा भएको एक कार्यक्रममा एनबीसी ज्युजका पत्रकार अलेक्जेन्डरले कोरोनाबाटम त्रसित अमेरिकी जनातालाई के भन्न चाहनु हुन्छ भन्दै प्रश्न गरेका थिए ।


पत्रकार अलेक्जेन्डरको प्रश्नको प्रतिक्रियामा ट्रम्पले ‘तपाइँ भ्रम फैल्याउने काम गर्दै हुनुहुन्छ । यो नराम्रो पत्रकारिता हो ।’ भन्दै आक्रोसित भएका हुन् ।


ट्रम्पले उनको प्रश्न नराम्रो र अप्रिय भएको बताएका थिए ।

पत्रकार पिटर अलेक्जेन्डरले शुक्रबार अमेरिकामा कोरोना संक्रमित धेरै बढेको र मृतकको संख्या पनि बढ्दै जाँदा अमेरिकी नागरिकहरु त्रसित भएको बताएका थिए ।


हालसम्म अमेरिकामा १९ हजार ७७४ कोरोनाबाट संक्रमित बनेका छन् जसबाट २७५ को मृत्यु भइसकेको छ । संक्रमण पश्चात उपचारपछि १४७ जना स्वस्थ बनेको खबर छ ।

प्रकाशित मिति:March 21, 2020