अध्यक्ष झाको मानमर्दन गर्ने अधिकृतमाथी कारबाहीको माग

  Sampatti News

January 6, 2022

अध्यक्ष झाको मानमर्दन गर्ने अधिकृतमाथी कारबाहीको माग

रौतहट-नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झामाथी दुर्व्यवहार भएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकिय अधिकृत रामकुमार तिमिल्सिनाले अध्यक्ष झामाथी दुर्व्यवहार गरेका हुन् ।

उक्त दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ रौतहट शाखाले दोषी माथी कारवाहीको मांग गरेको छ ।

पत्रकार महासंघ रौतहट शाखाले हिजो एक बिज्ञप्ती जारी गर्दै दोषीमाथी कारवाहीको माग गरेको हो ।

रौतहटबाट संचालित एक पत्रिकाको अनलाईन संस्करण दर्ता गर्ने सम्बन्धमा हिजो बुधबार कुरा गर्न जादा रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीको कार्यकक्षमा प्रजिअकै अगाडी अध्यक्ष झामाथी प्रशासकिय अधिकृत तिमिल्सिनाले अपमान जनक शब्दहरू प्रयोग गरी शाखा अध्यक्ष झाको मानमर्दन गर्ने कार्य गरेको पत्रकार महासंघ रौतहट शाखाले आफ्नो बिज्ञप्ती मार्फत बताएको छ ।

अध्यक्ष झाको मानमर्दन गर्ने कार्य प्रमुख जिल्ला अधिकारीकै अगाडी हुदा समेत प्रजिअ मुकदर्शक बनेर बस्नु गम्भीर खेदजनक कुरा रहेको ठहर गर्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यस घटनाका मुख्य दोषी जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकिय अधिकृत तिमिल्सिनालाई निलम्बन गरि विभागिय कारवाही गर्न नेपाल पत्रकार महासंघ रौतहट शाखाले माग गरेको छ ।

निजलाई कारवाही नहुन्जेलसम्म जिल्ला प्रशासन कार्यालय रौतहटसंग सम्बन्धीत कुनै पनि सुचना तथा सामाचार प्रकाशन प्रसारण नगर्न हुन सम्पुर्ण संचारकर्मीहरुलाई रौतहट शाखाले अनुरोध गरेको छ ।

अध्यक्ष झाको मानमर्दन गर्ने अधिकृतमाथी कारबाहीको माग

प्रकाशित मिति:January 6, 2022