माओवादीमा कोरोना: अध्यक्ष सहित अन्य थुप्रै नेता संक्रमित

  Sampatti News

January 8, 2022

माओवादीमा कोरोना: अध्यक्ष सहित अन्य थुप्रै नेता संक्रमित

काठमाडौँ-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा केही असहजता देखिएकोले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा दाहाललाई कोरोना पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।

स्वकीय सचिव रमेश मल्लले दाहालले अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहकोबताए ।

सचिवालयले केही दिनयता दाहालको सम्पर्कमा रहेका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ ।

डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको पनि दाहालको सचिवालयले जानकारी दिएको छ ।

श्रेष्ठ पनि संक्रमित

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ ।

पीसीआर परीक्षण गर्दा श्रेष्ठमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले होम आइसोलेसनमा छन् ।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–’कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु ।’

त्यस्तै दाहालका स्वकीय सचिव रमेश मल्ल, वाईसिएलका इन्चार्ज रामप्रसाद सापकोटा, वाईसीएलका संयोजक सुमन देवकोटा, सुवोध शेर्पालीलाई पनि कोरोना संक्रमण भएको छ ।

केहीदिन पहिले केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो ।

केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहितका कर्मचारीलाई कोरोना पुष्टि भएको थियो ।

त्यस्तै कार्यालयका अन्य कर्मचारी यविन्द्र पराजुली, सञ्जीव थापा, विनोद थापा, अंशु थापा र शिवकुमार बस्नेतलाई संक्रमण पुष्टि भएको थियो ।

कर्मचारीलाई संक्रमण भएपछि अध्यक्ष पुष्पकमल दाहालले भेटघाटका कार्यक्रम स्थगित गरेका थिए ।

माओवादीमा कोरोना: अध्यक्ष सहित अन्य थुप्रै नेता संक्रमित

प्रकाशित मिति:January 8, 2022