महिलामाथि सामूहिक बलात्कार: दुई आरोपी फरार

  Sampatti News

January 23, 2022

महिलामाथि सामूहिक बलात्कार: दुई आरोपी फरार

इटहरी- एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।

मोरङको सुन्दरहरैचा–४ बलियामा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो ।

घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ भने दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।

इटहरीबाट बहिनीको घर जाँदै गरेकी महिलामाथि श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगेर सामूहिक बलात्कार गरिएकाे प्रहरीले बताएकाे छ ।

प्रहरीका अनुसार बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिलाले शुक्रबार इटहरीमाकाम सकेर साँझ इटहरीबाट बस चढेर ६ बजे गछियासम्म पुगिन् ।

तर, बहिनीको घरसम्म पुग्ने बाटो बर्सिएपछि बाटो सोध्दा रामबहादुर नेपालीले बहिनीको घरसम्म पुर्‍याइदिने भन्दै प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा चढाएको बताइएको छ ।

प्रहरीका अनुसार तर उनले गाडी घुमाउँदै सुन्दरहरैचा–४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगे ।

सोही लजमा ती महिलामाथि रातभर सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

बलात्कृत महिलाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर छ ।

उनलाई कोसी अस्पताल विराटनगरमा भर्ना गरेर उपचार जारी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जील मुकारुङ अनुसार घटनामा संलग्न भएका होटल सन्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ परेका छन् ।

सोही होटलमा काम गर्ने आरती श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ ।

बलात्कारको घटनामा संलग्न भएको भनिएका २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर भएका रामबहादुर नेपाली फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

पीडित महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् । पीडित महिला सपरिवार खोटाङबाट गत असोजमा मोरङको बेलबारी बसाइँ सरेर आएका थिए ।

शुक्रबार रातभर सम्पर्कविहीन भएकी महिलाले शनिबार बिहान साढे ८ बजे बहिनीलाई घटना बारेमा जानकारी गराएकी थिइन् ।

बहिनीलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार बलात्कृत भएको कोठा रगताम्य थियो ।

उनलाई अस्पताल ल्याउन प्रयोग गरिएको गाडीको सिट समेत रगताम्य देखिएको प्रहरीले बताएको छ ।

महिलामाथि सामूहिक बलात्कार: दुई आरोपी फरार

प्रकाशित मिति:January 23, 2022