सुन व्यबसायी नै सुन तस्करीका नाईके: रिद्धि सिद्धि ज्वेलर्सको नेतृत्वमा तस्करी

  Sampatti News

January 28, 2022

सुन व्यबसायी नै सुन तस्करीका नाईके: रिद्धि सिद्धि ज्वेलर्सको नेतृत्वमा तस्करी

काठमाडौँ—नेपालमा सुन व्यबसायी नै सुन तस्करीमा लागेको पाईएको छ ।

नेपालका ठुला व्यबसायीले सुन तस्करी गरेर नेपाल भित्र्याउन मुख्य लगानी गर्ने गरेको तथ्य बाहिर आएको हो ।

नेपालको प्रख्यात सुन ब्यवसायी रिद्धि सिद्धि ज्वेलर्सको नेतृत्वमा तस्करीको कार्य सञ्चालन हुने गरेको समाचार स्रोतले बताएको छ । समाचार स्रोतका अनुसार सुन तस्करीको जालो चीन, दुबै, नेपाल हुदै भारत सम्म फैलीएको छ ।

नेपालमा सुनचाँदी क्षेत्रको कुरा गर्नु पर्दा धेरै लामो इतिहास छ ।

मल्लकाल, लिच्छवी काल त्यो भन्दा अगाडि पौराणकि कालखण्डहरू देखिनै विभिन्न खालको सुनचाँदीका गरगहनाहरू लगाउने गरेको देवी देवताहरूको मन्दिरमा हेर्दा पनि थाहा हुन्छ ।

त्यो प्रचलनको निरन्तरताको रुपनै अहिलेकोसम्मको अवस्थामा आउँदा सम्म कायमै रहेको छ ।

एउटा घरपरिवार विशेषले सञ्चालन गरिरहेको व्यवसाय अहिले नेपालको प्रतिष्ठित व्यवसाय बनेको छ ।

आधुनिक सोरुमहरूमा आधुनिक व्यवसायको रुपमा विकास हुँदै गएको छ ।

इतिहास हेर्ने हो भने नेपालमा सुन मुख्यतया तिब्बतबाट आर्यात हुने गर्दथ्यो ।

पछिल्लो समय ब्यापारमा बिश्वब्यापीकरण आएसँगै ब्यवसायीहरुले अत्याधिक मात्रामा सुन खरिद गर्ने तथा स्रोत नखुलेका काला धन समेत सुनमा लगानी हुन थालेपछि राष्ट्रबैकले सुन खरिद बैक मार्फत गर्ने व्यबस्था ग¥यो र बैकमार्फत व्यवसायीले दिनको १५ किलो सम्म सुन खरिद गर्न पाउने कोटा निर्धारण गरेर पाउँदै आएको थिए । तर चाडबाड र सिजनमा भने कोटा बढाएर २० पु¥याउने गरेकोमा पछि नियमित २० किलो बनाइयो ।

बैकले बिक्री गर्दै आएको सुन बिक्री हुन छाडे

हाल सुनमा ब्यापक तस्करी मौलाएको छ बैदेशिक रोजगारमा नेपालीहरु खाडी मुलुक जानथालेसँगै सुन तस्करी मौलाएको छ ।

हल आएर सुनको कारोवार गर्ने ठुला पसलेको प्रत्यक्ष संलग्नतामा सुन तस्करी ब्यापक मौलाएको छ ।

जस्को कारण हाल आएर बैकले बिक्री गर्दै आएको सुन बिक्री हुन छाडेको छ ।

नेपाल राष्ट्र बैंकले सुन व्यवसायीहरूलाई वाणिज्य बैंकबाहेकसँग सुन खरिद गरेको पाए कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

राष्ट्र बैंकले बजारमा तस्करीको सुनको कारोबार हुने क्रम बढ्दै गएपछि व्यवसायीहरूलाई वाणिज्य बैंकबाहेकसँग सुन खरिद नगर्न सतर्क गर्दै आएको छ ।

तर राष्ट्रबैकको चेतावनी लाई बेवास्ता गर्दै नेपालका ठुला सुन ब्यवसायीले सुनको अबैधधन्दा सञ्चालन गर्दै आएका छन् ।

नेपालमा हुने गरेको ठुला सुन तस्करीमा रिद्धि सिद्धि ज्वेलर्स, लक्की ज्वेलर्स, गणपती ज्वेलर्स, नटराज ज्वेलर्स, म्यारिगोल्ड ज्वेलर्स लगायतका ठुला सुन कारोबारीको प्रत्यक्ष लगानी रहने गरेको जानकारहरुले बताउने गरेका छन् ।

केही बर्ष अगाडी प्रहरीले ठमेलबाट ८८ किलो सुन बरामद गरेको थियो ।

उक्त सुन काण्डमा प्रहरीले मुख्य लगानीकर्ताको रुपमा शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, कार्यविनायक सुनचाँदी पसलका गणेशदत्त बडु र घडीको कारोबार गर्ने सत्यनारायण अग्रवाललाई पक्राउ गरेको थियो ।

तर मुद्धाको किनारा लाग्दा सम्म सुन बोक्ने भरियाहरु थुनिए र मुख्य लगानीकर्ता सामान्य धरौटीमा छुटे ।

धरौटीमा छुटेका शाक्यबाहेक सबैको तस्करीका नाइकेसँग सम्पर्क रहेको प्रमाण प्रहरीले पेस गरेको थियो ।

मुख्यतया नेपालका ठुला सुन व्यबसायी रिद्धि सिद्धि ज्वेलर्स, लक्की ज्वेलर्स, गणपती ज्वेलर्स, नटराज ज्वेलर्स, म्यारिगोल्ड ज्वेलर्स लगायतले अबैध रुपमा आयात भएको सुनको खुल्लम खुल्ला काराेबार गर्दै आएका छन् ।

उनीहरुले बार्षिक अर्बैको सुनको कारोवार गर्ने र जम्मा २५-३० करोडको कारोवार देखाएर कर छली गर्दै आएका छन् ।

उनीहरुले राष्ट्रबैकले तोकिदिएको कोटा अनुरुप बाणिज्य बैक बाट सिमित सुन किन्ने र बाकी तस्करीको सुनको कारोवार गर्ने गरेका हुन् ।

राज्यलाई राज्श्व बुझाउने बेला भने यस्ता व्यबसायीले बैकबाट खरिद गरिएको सुनको मात्र कारोवार देखाएर चोखिने गरेका छन् ।

जस्कारण बैकमा रहेको सुन बिक्री नभएर थन्किएर बसेको अबस्था रहेको छ ।

नेपालबाट भारत सुनको तस्करी

नेपालबाट भारतमा समेत सुनको तस्करी हुने गरेको पाईएको छ । चिन र दुबैबाट अबैध रुपमा नेपाल भित्रने सुन भारत तर्फ निकाशी हुने गरेको पाईएको हो । यसको पुष्टी ३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणले समेत गर्दछ ।

ति बाहेक नेपाल भरत सिमा क्षेत्रमा संञ्चालित सुन पसलबाट समेत भारतमा सुन तस्करी हुने गरेको पाईन्छ ।

नेपालको सिमा क्षेत्रमा भारतीय नै नेपाली नागरिकता लिएर सुनपसल सञ्चालन गरी संस्थागत रुपमा तस्करीमा सक्रिय रहेको दृष्टानत रौतहटमा सञ्चालनमा रहेको सोनी ज्वेलर्सले दिएको छ ।

नेपाल र भारत दुबै देशको दोहोरो नागरिकता वोकेको दुई दाजु भाईले रौतहटको गौरवाट सुनचाँदीको अवैध कारोवार गर्ने गरेका छन् ।

भारतिय नागरिक ति दुवै दाजु भाई केहि वर्ष अगाडि गौरमा कोठा भाडा लिएर बस्दै आएका थिए ।

सोही अबस्थामा ब्यापार पनि सुरु गरेका उनिहरुले केहि बर्षमै नेपालको बंशजको नागरिकता प्राप्त गरी गौरको मुख्य सडकमा ठुलो महल खडा गरि आफ्नो धन्धा संचालन गरिरहेका छन् ।

विरेन्द्र साह सोनार र धिरेन्द्र साह सोनार रौतहटको परोहा नगरपालिका अन्तर्गत भेडियाहि नगर सविकको वशन्तपट्टी गाविस वडा नम्वर ८ वाट नेपाली नागरिकता लिएका हुन् ।

माँ जानकी एण्ड कृष्णा ज्वेर्लस र सन्नी ज्वेलर्स सञ्चालन गर्दै आएका दाजुभाई वार्षिक एक अर्बभन्दा बढीको सुन नेपालबाट भारततर्फ अवैध रुपमा निर्यात गर्दै आएको राजस्व कार्यालयबाट बुझ्न सकिन्छ ।

धिरेन्द्र शाह भारतको बिहार राज्य सितामढी जिल्लाको रिगरखण्डको रेवासी पकरी ग्राम पञ्चायत चुनावमा प्रत्यासी भएसँगै यिनिहरुको बास्तविकता उजागर भएको थियो ।

यसरी संस्थागतरुपमा सुनको तस्करी मौलाउदै जादा नेपाल तस्करहरुको अखडा बन्दै गएको छ । प्रहरी प्रशासन तथा बाणिज्य तथा राजश्व अनुसन्धान बिभागले संस्थागत तस्करीको सबालमा छानविन गरी कानुनी रुपमा अगाडी बढनुपर्ने मात्र नभएर तत्काल हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने आबश्यक देखिएको छ ।

सुन व्यबसायी नै सुन तस्करीका नाईके: रिद्धि सिद्धि ज्वेलर्सको नेतृत्वमा तस्करी

प्रकाशित मिति:January 28, 2022