मिडियामा आएका समाचारमा कुनै सत्यता छैन्: अध्यक्ष नेपाल

  Sampatti News

February 2, 2022

मिडियामा आएका समाचारमा कुनै सत्यता छैन्: अध्यक्ष नेपाल

काठमाडौँ-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबारे मिडियामा आएका समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।

अनेरास्ववियूद्वारा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अहिले मिडियामा आएका कुरालाई लिएर दिमाग खराब गर्न जरुरी नरहेको बताएका हुन् ।

सत्तारुढ गठबन्धन टुटाउने एमालेको षड्यन्त्र सफल नहुने समेत उनले दाबी गरेका छन् ।

अध्यक्ष नेपालले भने,’भर्खरै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग मेरो छलफल भएको छ । मिडियामा आएका विषय मनगढन्ते भएकोले गठबन्धनलाई मजबुत बनाउने कुरा भएको छ’, ।

उनले गठबन्धन तोड्न कसैले प्रस्ताव गरेको भए पनि सफल नहुने बताए । ‘जेठमा स्थानीय चुनाव हुँदै छ । गठबन्धन एक ढिक्का भएर जानेछ । कसैले गठबन्धन तोड्नुस् भनेका होलान् तर तिनले चाहँदैमा गठबन्धन टुट्दैन’, उनले भने ।

राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनको जितको क्रम सुरु भएको बताए । ‘देश अब गठबन्धनको राजनीतिमा गइसक्यो । अब सबै चुनावमा गठबन्धन गरेर अगाडि बढ्छौँ’, उनले भने ।

मिडियामा आएका समाचारमा कुनै सत्यता छैन्: अध्यक्ष नेपाल

प्रकाशित मिति:February 2, 2022